Logo Image
Flag Image
Flag Image

Frequently Asked Question:

साबिकका प्रमाणपत्रहरुमा Vice Chairmam उल्लेख भई छपाई भइसकेको हुँदा हाललाई उपाध्यक्षको हस्ताक्षर गर्ने भनी तोकिएको स्थानमा For लेखी सदस्य सचिवले हस्ताक्षर गर्ने र पछि नयाँ छपाई हुने स्थायी प्रमाणपत्रमा बोर्डका अध्यक्ष र परीक्षा नियन्त्रकको हस्ताक्षर हुनेछ ।

विद्यार्थीहरुलाई भविष्यमा कुनै समस्या पर्दैन । यदि, फुटनोट लेखिएका शैक्षिक प्रमाणपत्रहरु लिएका विद्यार्थीहरुले पछि उक्त प्रमाणपत्र फिर्ता गरी राष्ट्रिय परीक्षा बोर्डको नामबाट तयार भएका प्रमाणपत्रहरु लिन चाहेमा बिना शुल्क लिन सक्ने ब्यवस्था गरिएको छ ।

माध्यमिक शिक्षाको अन्तिम परीक्षा कक्षा १२ मा हुन्छ ।

अहिले विगतकै प्रकृया अनुसार हुनेछ र पछिका लागि Letter Grading मा जाने तयारी भइरहेको छ ।

पाठ्यक्रम सम्बन्धी सबै काम पाठ्यक्रम विकास केन्द्र, सानोठिमी,भक्तपुरले गर्दछ ।

शिक्षा ऐनको आठौं संशोधनले माध्यमिक शिक्षाको विद्यालयलाई सम्बन्धन दिने, शिक्षक व्यवस्थापन गर्ने काम शिक्षा विभागले, पाठ्यक्रम निर्माण, परिमार्जन सम्बन्धी काम पाठ्यक्रम विकास केन्द्रले र परीक्षाको सञ्चालन र व्यवस्थापन सम्वन्धी काम राष्टिय परीक्षा बोर्डले गर्ने भनी स्पष्ट उल्लेख भएको र ती सबै निकायहरु शिक्षा मन्त्रालय अन्तर्गतकै भएको हुँदा आपसी सहयोग र समन्वयको आधारमा कार्य सम्पादन हुन्छ ।

विद्यालयको स्वीकृति शिक्षा विभागले, पाठ्यक्रम निर्माणको काम पाठ्क्रम विकास केन्द्रले र परीक्षा संचालन राष्ट्रिय परीक्षा बोर्डले गर्ने व्यवस्था हुन्छ ।

साविकका जिल्लास्थित कार्यालयहरुलाई नै राष्ट्रिय परीक्षाबोर्डको शाखा कार्यालयको रुपमा रुपान्तरण गरी तिनै शाखा कार्यालय हरुबाट नियमीत रुपमा प्रमाणपत्रहरु वितरण हुने ब्यवस्था गरिएको छ ।अब ७५ वटै जिल्लामा जिल्ला शिक्षा कार्यालयसँग आवद्ध रही राष्टिय परीक्षा बोर्डको विस्तार गरिने कार्यक्रम रहेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड मातहतमा संचालन हुन्छ ।

परीक्षाहरुलाई जिल्ला तहमा व्यबस्थित तथा मर्यादित रुपमा संचालन गर्नको लागि प्रत्येक जिल्लामा देहायका सदस्यहरु रहेको जिल्ला परीक्षा समन्वयन समिति गठन गरीे परीक्षा सञ्चालन गर्दछ ।

क) प्रमुख जिल्ला अधिकारी -                           सदस्य
ग) प्रमुख, जिल्ला प्रहरी कार्यालय-                     सदस्य
घ) प्रमुख, जिल्लास्थित नेपाली सेना-                  सदस्य
ङ) प्रमुख, जिल्लास्थित ससस्त्र प्रहरीबल -           सदस्य
च) प्रमुख, जिल्लास्थित राष्टिय अनुसन्धान विभाग- सदस्य
छ) जिल्ला शिक्षा अधिकारी-                             सदस्य सचिव

प्रविणता प्रमाणपत्र तह वा उच्च माध्यमिक तह उत्तीर्ण सरह हुनेछ ।